पूर्व आईजिपी खनाल एमालेमा प्रवेश गर्ने


अगर बत्ती

Dharana    

access_time 25 Oct 2021

 काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने सक्रिय राजनीतिमा लाग्ने भएका छन् । 

उनीनिकट स्रोतकाअनुसार खनाल यही कार्तिक १० गतेसम्म नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् ।  खनाललाई एमालेमा भित्र्याउनको लागि एमालेका प्रभावशाली नेताहरु पनि लागिपरेका छन् । खनाल तनहुँ क्षेत्र नम्बर १ का स्थायीवासी हुन ।

उनी आगामी निर्वाचनमा सोही क्षेत्रबाट उठ्नेसम्मको चर्चा छ । खनाल प्रहरी सेवामा हुँदापनि आफ्नो कामका कारण सधैं चर्चामा थिए । 



Share Your Thoughts