दसैंमा पिङको रमाइलो


अगर बत्ती

Dharana    

access_time 16 Oct 2021

काठमाडौँ / पिङ दसैंको एउटा प्रमुख विशेषता हो।  नेपाली समाजमा दसैंका बेला एक पटक पिङ खेल्नै पर्छ, एक पटक जमिन छाड्नु पर्छ भन्ने मान्यता रहिआएको छ।  तर पछिल्लो समय पिङ हराउँदै गएको छ। सहर बजारमा त पिङ देख्नै पाइँदैन। पछिल्लो समय गाउँमा समेत पिङ हाल्ने प्रचलन कम हुँदै गएको छ।  पहिले पहिले गाउँभरीका सबै मिलेर पिङ हालिन्थ्योर र बालबालिकादेखि युवायुवतीसम्म दसैैंका बेला पिङमा रमाउँथे। आजभोलि भने गाउँमा समेत पिङ कतैकतै मात्र देखिन्छ।  यसैबीच काठमाडौँको साँखुमा भने दसैंका बेला पिङ देख्न पाइयो। विजय दशमीका दिन पिङमा बालबालिका रमाइरहेको देख्न सकिन्थ्यो।



Share Your Thoughts