कोरिया जानेलाई थप डलर


अगर बत्ती

Dharana    

access_time 14 Oct 2021

वैदेशिक रोजगारीका लागि  दक्षिण  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  अमेरिकी  डलर  सुविधामा थप  गरिएको  छ।  नेपाल  राष्ट्र  बैङ्कले  सोमबार विदेशी  विनिमय  कारोबार  गर्न  इजाजतपत्र  प्राप्त गरेका  निकायलाई  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  थप  एक  हजार  पाँच  सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। 

वैदेशिक    रोजगारीमा    जाने    नेपाली नागरिकलाई  राहदानीबापत  दुई  सय  अमेरिकी डलर  मात्र  उपलब्ध  गराउँदै  आएको  छ।  दक्षिण कोरियामा  जाने  प्रतिबद्ध  कामदारले  कोभिड–१९ का   कारण   क्वारेन्टाइमा   बस्नुपर्ने   भएकाले सो  खर्चका  लागि  थप  सुविधा  उपलब्ध  गराउन निर्देशन दिएको खबर गोरखापत्रमा छ ।



Share Your Thoughts