बागमती प्रदेश प्रहरी रक्तदान सम्पन्न


अगर बत्ती

Dharana    

access_time 01 Oct 2021

 हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम  सम्पन्न भएकाे छ । 

६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा रक्तदान कार्यक्रमको आयोजना गरिएकाे हाे । 

बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् । 

नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । 

प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।



Share Your Thoughts