ओमानसँग नेपालले अन्तराष्ट्रिय मैत्री फुटबल खेल्ने



Dharana    

access_time 22 Sep 2021

काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलिले ओमानको राष्ट्रिय टोलिसँग मैत्री खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै नेपाल र ओमानबिच अन्तराष्ट्रिय मैत्री फुटबल खेल हुने तय भएको जनाएको हो ।     एन्फाका अनुसार राष्ट्रिय टोलिले असोज १० गते ओमानसँग खेल्नेछ । 

यी दुईबचिको मैत्री खेल नेपाली समयानुसार राति ९:५ बजेबाट शुरु हुनेछ ।  साफ च्याम्पियनसिपको तयारी लागि कतारको दोहामा अन्तिम तयारी गरिरहेको नेपाल ओमनसँगको मैत्री खेलको भोलिपल्ट अर्थात असोज ११ गते माल्दिभ्सतर्फ जानेछ ।  माल्दिभ्समा ५ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिप असोज १५ गतेबाट शुरु हुनेछ ।  च्याम्पियनसिप अन्र्गत नेपालले असोज १५ गते पहिलो दिन माल्दिभ्ससँग खेल्नेछ ।

यस्तै दोश्रो खेल असोज १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।  असोज २४ गते हुने तेश्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । च्याम्पियनसिपकै चौथो खेल असोज २७ गते बंगलादेशसँग खेल्नेछ ।  सिङ्गल राउण्ड रोबिनको आधारमा हुने लिग चरणको शिर्ष दुई टोलिले असोज ३० गते उपाधिका लागि फाईनल खेल खेल्नेछ ।



Share Your Thoughts