पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह


अगर बत्ती

Dharana    

access_time 16 Sep 2021

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।   

उनलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो । 



Share Your Thoughts