साहित्यकार निर्मलकुमार थापाको कविता संग्रह 'जयश्री कुवेरनाथ' विमोचन



Dharana    

access_time 03 Sep 2021

काठमाडाैं । लेखक तथा साहित्यकार निर्मलकुमार थापाको नयाँ कविता संग्रह 'जयश्री कुवेरनाथ' विमोचन गरिएको छ । 

बिहीबार काठमाडौंको पाँचतारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै पुस्तक विमोचन गरिएको  हो ।  साे पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिको रुपमा नृत्यकार भैरवबहादुर थापा, कवि/साहित्यकार रेशम विरही, साहित्यकार कुमार नगरकोटीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कविता संग्रहको समीक्षा गर्दै कवि विरहीले पुस्तकमा भएका कविताहरू फरक शैलीमा रचिएकाे जनाए । उनले भने, 'निर्मलजीको कवितामा विभिन्न पुस्ताका कविहरु भेटिन्छन् । दुरुस्तै नमिल्ने, तर उस्तै झल्को दिने । उहाँको यो आफ्नै शैली बडो गज्जबको छ ।'

त्यस्तै पुस्तकका तीनवटा मात्रै कविता पढ्न भ्याएका नृत्यकार भैरवबहादुर थापाले पनि निर्मलको तरिफ गरे । उनले भने, 'उहाँलाई अन्य विधाबाट चिनेको थिएँ । आज कविको रुपमा चिन्न पाएँ । पुस्तकका केही कविताहरू पढेँ, निकै रमाइलो लाग्यो । फरक शैलीमा कविता लेखिएका छन् । यस शैलीलाई निर्मल शैली भन्दा पनि फरक नपर्ने जनाए  ।' 

त्यस्तै, राष्ट्रिय शभाका अध्यक्ष तिमल्सिनाले आफूले कविता पढ्न नपाएको र छिटै पढेर यसबारे व्याख्या गर्ने विश्वास दिए । उनले लेखकलाई सफलताको शुभकामना व्यक्त गरे ।  साहित्‍यकार कुमार नगरकोटीले भने पुस्तकमा समावेश तीन कविता वाचन गरेर सुनाएका थिए । 



Share Your Thoughts