भूकम्पबाट भत्किएका मध्ये पचासप्रतिशत सम्पदाको पुनर्निर्माण


अगर बत्ती

Dharana    

access_time 23 Aug 2021

काठमाडाैं । वि.स. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएकामध्ये ४५३ सम्पदाको  पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरणले बताएअनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माण भएका हुन् । 

उक्त विनाशकारी भूकम्पमा परेर ३२ जिल्लाका कुल ९२० वटा सम्पदा भत्किएका थिए । भत्किएकामध्ये अब ४६७ वटा सम्पदाका पुनर्निर्माण सम्पन्न हुन बाँकी रहेकाे छ ।

महालेखाले ५८ औं वार्षिक प्रतिवेदनमा सम्पदाको पुनर्निमाण समयमै सकिनुपर्ने उल्लेख गरेको छ ।



Share Your Thoughts