हुम्लामा सुरु भयो जनै पूर्णिमा मेला


अगर बत्ती

Dharana    

access_time 22 Aug 2021

सिमकोट – हिमाली जिल्ला हुम्लामा जनै पूर्णिमा मेला सुरु भएको छ। वर्षमा एक पटक आउने जनै पूर्णिमामा धामी नाच्दै पूजाआजा गर्दै सुरु भएको हो।  फूलमाला र उनीको बख्खु लगाएर सजिएका धामी नाच्ने पर्वका रूपमा हेरिँदै आएको साउने पूर्णिमाको रौनक सुरु भएको छ। सिमकोटको साउनपूर्णिमा भनेर पनि चिनिने यो पर्व विशेष रुपमा मनाउँदै सुरु भएको छ। एकादशीबाट एक छाक मात्र खाने धामीले आ–आफ्नो बाजामा नाचेको दृश्य निकै रमाइलो हुने गरेको छ।   

क्षेत्री समुदायमा विशेष पर्वका रूपमा मनाउने साउने पूर्णिमामा चतुर्दशीका दिन सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को माथिल्लो कालाशिल्ताको माडुमा धामी धुमधामसाथ नाचे भने पूर्णिमा अर्थात् आइतबार वडा नम्बर ५ को तल्लो गाउँको बाँडपालको माडुमा धामी नाच्छन्। 

रमाइलो पक्ष दुवै गाउँका धामी भेट हुने स्थान तीनधारामा झाँक्रीले मुखबाट दूध निकालेर भेटघाट गर्ने प्रचलन छ। सो स्थानबाट माडुमा धामीसँगै मिलेर जाने गरिन्छ।    धामीबाहेक अन्य व्यक्ति पनि जसलाई देवता आउँछ उनीहरू पनि नाच्ने गर्छन्। कोरोना कहरका कारण स्थानीय प्रशासनले सीमित पुजारीको उपस्थितिमा पर्व मनाउने भनिए पनि मानिसको ठूलै भीडभाड हुने गरेको छ।



Share Your Thoughts