अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुसल स्वदेश फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह


अगर बत्ती

Dharana    

access_time 20 Aug 2021

 काठमाडाैं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७८ भदौ ४  गते गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।

गृह मन्त्रालय सिंहदरबारमा भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तिका लागि आवश्यकता अनुसार अन्य मुलुकहरुसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो । यसैगरी कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ । प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन गर्न पनि आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न हुनुहुन्थ्यो ।



Share Your Thoughts