पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा


अगर बत्ती

Dharana    

access_time 18 Aug 2021

काठमाडाैं । पहिरोका कारण बन्द भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। 

बुधबार बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।  उनका अनुसार सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा भन्ने क्षेत्रमा पहिरो खसेको थियो। 

 अहिले पहिरो हटाउने काम भइरहेको छ।  सडक अवरूद्ध भएपछि नागढुंगा- नौबिसे सडकमा जाम भएको थियो।



Share Your Thoughts