कीर्तिपुरमा पाँच किलोमिटरसम्म तारहरू भूमिगत


अगर बत्ती

Dharana    

access_time 17 Aug 2021

काठमाडाैं ।  कीर्तिपुर नगरपालिकामा तारहरूलाई भूमिगत गर्ने कार्य  सुरू भएकाे छ । 

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, कीर्तिपुर नगरपालिका वडा नंं ९ का अध्यक्ष गगाराम महर्जन, विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख पियुष मालाकार तथा डाइरेक्टर नवराज ओझाले तारहरूलाई भूमिगत गर्ने ठाउँको पहिलो स्थान कीर्तिपुर नगरपालिका वडा नंं ५ र वडा नं. ९ को सिमाना पर्ने छुगां (राराहिल) चुकमा पुजाआजा गरी शुभारम्भ गर्नु भएको हो । 

नगर प्रमुख मेयर महर्जनका अनुसार कीर्तिपुरमा अव्यवस्थित रुपमा रही कीर्तिपुरको सौन्दर्यमा समस्याको रुपमा रहेको विद्युतीयलगायत अन्य प्रकारका तारहरूलाई व्यवस्थित गर्ने याेजनाका साथ  सुरू गरेका  जनाउनु भयाे । 

पहिलो चरण  छुगांमा फाउण्डेशन बनाएर हिल्चा (भत्क्यापाटी)सम्म, छुगांदेखि नगाउँ दोबाटोसम्म, त्यसपछि छुगाउँदेखि धःपा चुक (वडा नं. ३ कार्यालय) सम्म र कीर्तिपुर चक्रपथमा तारहरू भूमिगत गरिने नगरपालिकाले जनाएको छ । त्यसपछि क्रमैसँग त्यालँ, बल्खु, पाँगा र चोभार क्षेत्रमा तारहरूलाई भूमिगत गरिने छ ।

कीर्तिपुरमा मात्र करीव २५ किलोमिटरमा तारहरूलाई भूमिगत गरिने छ भने पहिलो चरणको ८ किलोमिटर भूमिगत गर्न करीव ३ महिना लाग्ने आयोजना प्रमुख मालाकारले   जानकारी गराए ।  यस शुभ कार्य अन्तिम चरणमा पुग्नुका साथै  सडकमा कालोपत्रे गर्ने कार्य केही दिन ढिलो हुने समेत नगरपालिकाले जानकारी दिए । 



Share Your Thoughts