शिखा बुक्स पब्लिकेशनद्वारा २ पुस्तक बजार ल्यायाे



Dharana    

access_time 12 Aug 2021

काठमाडाैं। शिखा बुक्स पब्लिकेशनले नयाँ २ पुस्तक बजारमा ल्याएकाे छ । जसमा एउटा अनुसन्धानात्क र अर्काे उपन्यास रहेका छन् ।  ३७ वर्ष अगाडि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गर्नुभएका प्रा.डा. दयाराम श्रेष्ठको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन” नामक पुस्तक बजारमा आएको छ । 

करिब छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आउनु भएको छ । 

श्रेष्ठको ‘साहित्यको अनुसन्धान व्यवस्थापन’ (अनुसन्धान दर्शन) नामक पुस्तक हालसालै प्रकाशित छ । साथै ‘गद्यशैलीको रूपविज्ञान’ नामक पुस्तक प्रकाशनको तयारीमा छ ।   यसैगरी शिखाले आख्यानकार जया ओझाको नवीनतम् कृति ‘अनुराग’ उपन्यास पनि बजारमा ल्याएकाे हाे ।

मानवीय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति रहेको छ । यस अगाडि उनको ‘आवरण’ शीर्षकमा उपन्यास प्रकाशित भइसकेको छ ।  यस उपन्यासमा “नारी शक्ति र सामथ्र्यलाई मात्र होइन मातृत्वलाई समेत फरक रूपमा प्रस्तुत गरिएको” उपन्यासकार जया ओझा बताउँछिन् ।



Share Your Thoughts