कथासंग्रह ‘मनको कैदी’ प्रकाशनमा



Dharana    

access_time 09 Aug 2021

झापा । लेखक तथा पत्रकार तीर्थ सिग्देल लिखित कथासंग्रह ‘मनको कैदी’ प्रकाशनमा आएको छ ।

लेखक सिग्देलको दोस्रो कथाकृति ‘मनको कैदी’ पाँचौ पुस्तक हो ।   

कथा, निबन्ध, नियात्रालगायतमा कलम चलाउँदै आएका सिग्देल आफ्नो कृतिमा मान्छेको मन र जीवनका बारेमा लेख्न रुचाउँछन् ।मान्छे मनबाट संचालित हुने, मनले नै सबै ज्ञानेन्द्रीयहरू परिचालित हुने भएकाले मानिसका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृतिलाई नियन्त्रण गरेको लेखकको भनाइ छ ।

यो कथासंग्रह मनको त्यही परिधिभित्र लेखिएका कथाहरूको संगालो भएको लेखकले  जनाएका  छन् ।



Share Your Thoughts