निरौलाकाे उपन्यास ‘सखिला’ सार्वजनिक



Dharana    

access_time 02 Aug 2021

काठमाडाैं । उत्तम निरौलाद्वारा लिखित उपन्यास ‘सखिला’ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार पद्मावती सिंहले शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरेकी हुन् ।

निरौलाको यो दोस्रो कृति हो । यो उपन्यास सत्य घटनामा आधारित छ । यसमा नेपाली महिलाले भोग्नुपरेका विभिन्न सामाजिक पाटाहरूको विषय समावेश गरिएको छ । 

कार्यक्रममा वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरूले भोग्दै आएको उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरूका निम्ति गौरवको विषय भएको उल्लेख गरिन् । ‘सखिला’ तथा दृष्टिकोण परिवारद्वारा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगानालगायतको उपस्थिति थियो ।



Share Your Thoughts