धितोपत्र बोर्डका अध्यक्ष नै शेयर कारोबारको अपराधमा



Dharana    

access_time 29 Jul 2021

काठमाडौं / सेयर बजारमा चलखेल भएको विषयलाई लिएर अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई नै आरोपित हुने गरी स्पष्टीकरण सोधेको छ ।

 बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले केही कम्पनीको सेयर कारोबारमा चलखेल गरी व्यक्तिगत लाभ लिएको समाचार बाहिरिएपछि मन्त्रालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले धितोपत्र बोर्डलाई ३ दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ । विभिन्न सञ्चारमाध्यममा बोर्डसँग जोडिएर आएको समाचारको सत्य तथ्य र यथार्थ विवरण पेस गर्न बोर्डलाई भनिएको छ ।

नेपालमा पहिलोपटक बुक विडिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाकी छोरीको नाममा १२ हजार कित्ता सेयर नामसारी भएको पाइएपछि अर्थले स्पष्टीकरण मागेको हो ।

यसअघि एक अर्बपति ब्यापारिक घरानाका आमा छोराले मिलेर छुट्टा छुट्टै बैंकहरुमा अस्वाभाबिक चलखेल गरेको समाचार बाहिरिएको थियो । बोर्डमा पीडितपक्षले लिखित उजुरी गर्दा पनि बोर्डले कार्वाही अगाडि बढाएको थिएन । यस घटनामा पनि अध्यक्ष ढुंगानाले निजी लाभ लिएर अपराधलाई ढाकछोप गरेको हुनसक्ने आशंका गरिएको थियो । 



Share Your Thoughts