मातृभूमिको सुरक्षाका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण



Dharana    

access_time 28 Jul 2021

सिन्धुलीगढी । प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको समाचार  राससमा प्रकाशित गरेकाे छ । 
ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो ।
नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो । सिन्धुलीगढीमै निर्माण भएको नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ ।

(तस्बिरहरू : राष्ट्रपति विद्यादेवी भण्डारी २०७८ साउन १३ गते बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाव्दारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन गर्नुहुँदै, साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत । तस्बिर : रत्न श्रेष्ठ÷ रासस)


Share Your Thoughts