गाउँपालिकाले दियो किसानलाई दूधमा अनुदान



Dharana    

access_time 25 Jul 2021

तनहुँ । बन्दीपुर गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान प्रदान गरेको छ।

दुग्ध पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई दूधमा अनुदान दिने व्यवस्था गरेको हो।

गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको हो। 

सहकारीले दैनिक करिब ७ सय लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ।   रासस



Share Your Thoughts