एकीकृत नागरिक सेवा शुभारम्भ



Dharana    

access_time 19 Jul 2021

काठमाडाैं । रूपन्देही प्रहरीले एकीकृत नागरिक सेवा शुभारम्भ गरेको छ।  जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई सबै किसिमको प्रहरी सेवा प्रदान गर्न नागरिक सेवा सञ्चालनमा ल्याइएको हो।

सेवाग्राहीलाई सहज र सरल होस् भन्ने उद्देश्यले प्रविधिसहितको प्रणाली विकास गरेर नागरिक सेवा कार्यक्रम ल्याइएको प्रहरी उपरीक्षक मनोज केसीले जनाए ।   

एकीकृत नागरिक सेवा अन्तर्गत सफ्टवेयर सञ्चालनमा ल्याइएको छ। यो सेवाको आइतबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले उद्घाटन गर्नुभयाे । अब सेवाग्राहीले प्रहरी गेटबाट प्राप्त गर्ने सेवा र सम्बन्धित शाखामा पुग्नुअगावै सेवा सम्बन्धी जानकारी प्रहरी कर्मचारीले सफ्टवेयरमार्फत अभिलेख हुने छ।

यसबाट सेवाग्राहीको प्रतिक्रिया पनि अनलाइनमार्फतै प्राप्त हुने भएकाले प्रहरी सेवामा तत्कालै सुधार आउने र गुणस्तरमा वृद्धि हुने अपेक्षा राखिएको केसीले जनाए ।   

‘यसबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ,’ केसीले भने। साथै, सिद्धार्थनगर नगरपालिका-१ मा प्रहरी कर्मचारीलाई डिउटीमा सहजताका लागि प्रविधियुक्त आधुनिक प्रहरी चेक प्लाइन्टको पनि उद्घाटन गरिएको छ।



Share Your Thoughts