कम्फर्टेवल सरकार बन्यो ! देउवालाई ओली पक्षले पनि दिए बिश्वासको मत , पक्षमा १६५ मत खस्यो



Dharana    

access_time 19 Jul 2021

काठमाडौं / प्रचण्ड र देउवाले भन्दै आएको कम्फर्टेवल सरकार बनाउन दलहरु सफल भएका छन् ।  प्रधानमन्त्रीमा नियुक्त शेर बहादुर देउवाले प्रतिनिधि सभाबाट ओलीपक्षका सांसदहरुबाटसमेत विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभासमक्ष उनले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले बहुमत प्राप्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरेका छन्। उनको विपक्षमा ८३ मत परेको छ। जम्मा २४९ सांसदले मत विभाजनमा भाग लिएका थिए। यसमध्ये १ मत तटस्थमा परेको थियो।

देउवालाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसद्हरुले मत दिएका थिए। त्यस्तै, देउवालाई एमालेको माधवकुमार नेपाल पक्ष र ओली पक्षका केही सांसद्ले पनि मत दिएका थिए।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानमा धारा ७६ ९५० अनुसार नियुक्त प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन्।

देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत पाएसँगै २–२ पटक विघटनको मार खेपेको प्रतिनिधिसभा अब पूर्ण कार्यकाल चल्न पाउने भएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले २८ असार २०७८ मा पुनःस्थापना गर्ने फैसला सुनाएको थियो। 

प्रतिनिधि सभाका १४६ जना सांसदहरुले दायर गरेको रिटमा गरिएको मागदाबी अनुसार सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको आदेश जारी गरेको थियो। 

सर्वोच्चको आदेशपछि देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अब प्रतिनिधिसभाको यो कार्यकालको बाँकी अवधिभर सरकार चलाउन पाउने छन्। भारतका प्रधानमंत्री नरेन्द्र मोदीले देउवालाई मध्यरातमै बधाई दिएका छन् ! 



Share Your Thoughts