गद्धारहरुलाई देश निकाला गर्नै पर्ने भएको छ !


अगर बत्ती

Dharana    

access_time 17 Jul 2021

- नारायण शर्मा

धागो चुँडिएका चङ्गाहरुलाई

एकत्रित गर्न धेरै जटिल छ ! तेल सिद्धिएका दियोहरुमा

सँधै तेल थपेर बाल्न पनि

कठिन छ ! बेट्री ड्यामेज भएका

यन्त्रहरुलाई बेट्री वा यन्त्र

फेरेर पनि चलाउन अत्यन्त

मुस्किल छ ! यस्ता म्याद सक्किएका र

इन्जन मक्किएका यन्त्र-

संयन्त्रहरुलाई त

कवाडीखानामै बेच्न समेत

दुसाध्य छ ! तैपनि जतिसुकै जटिल,

कठिन र मुस्किल, दुसाध्य

भए पनि यसो नगरी हुँदै नहुने भएको

छ । कि भने यी सबैलाई डम्पिङ

साइटमा नफाली हुँदै नहुने

भएको छ ।। ** चेत हराएका नेताहरुलाई

होशमा ल्याउन पनि झन्

अति गाह्रो छ ? नेत हराएका

कार्यकर्ताहरुलाई पनि

जोसमा ल्याउन पनि त्यस्तै

अतिनै साह्रो छ । तरल बनिरहेको देशको

स्थितिलाई पनि ठोसमा

बदल्ने काम पनि झन् कति

हो कति गाह्रो छ । अनि, ग्यास बनेको क्रान्तिको अवस्थालाई

क्यास गर्ने कुरा त झन्

आकासको फल आँखा तरी

मर भन्ने जस्तो भएको छ । तैपनी जतिसुकै गाह्रो-साह्रो

र असम्भव भएपनी यी सब जसरी पनि नगरी

हुँदै नहुने भएको छ । ** सास सकिएको लासलाई

ब्युँझाउने उपाय भनौं त

कति साध्य छ ? भालुलाई पुराण सुनाएर

उसमा ज्ञान भर्ने कुरा गुनौं त

कति सम्भव छ !? मरुभूमिको मृगको तृष्णा

मेटाउन पनि के साँच्चै सरलै

होला त ? र, सुनमा सुगन्ध थप्न पनि

के साँच्चै सहज नै होला र ? छैन, तर जतिसुकै जटिल र

कठिन भए पनि यी काम पनि फत्ते नगरी हुँदै

नहुने भएको छ !! ** कस्तुरीलाई उसको आफ्नै

नाभीमा बीना छ भन्ने सम्झाउन पनि

सारै अप्ठेरो छ । र, बुझेर बुझ पचाउने

हरामीहरुलाई बुझाउन त झन् ज्यादै

गाहारो छ । गासको आस गर्दै भासमा

भासिएकालाई उतार्नु त झन्

कति हो कति जटिल छ । अझ रङ्गीन कागजमा रातो

चित्र कोर्न त झन् सबभन्दा

जटिल र कठिन छ । तैपनि जतिसुकै जटिल र

कठिन भए पनि गर्नै पर्ने कामकुरा त नगरी

हुँदै नहुने भएको छ ।। ** अहिले यहाँ त- पुरेतका गाईहरुलाई तह

लगाउने भरपर्दो गोठालो

नभै नहुने भएको छ ! मत्ता हात्तीहरुलाई बशमा

ल्याउनसक्ने सिपालु माउते

पनि नभै नहुने भएको छ ! जानी-जानी जहाज

महासागरमा डुबाउने सन्काहा क्याप्टेनहरुलाई

गलहत्याउने साहसी यात्रु क्याप्टेन त झन्

नभै नहुने भएको छ ! म्याच फिक्सिङ गरी आफ्नो

देशको टोलीलाई हराउने

खेलघाती र देशघाती

गद्दारलाई खेलबाटै नखेदी

झन् हुँदै नहुने भएको छ !

यस्ता हरामखोर गद्दारलाई

देश निकाला नगरी नहुने

भएको छ !! हरामखोर गद्दारहरुलाई

देश निकाला नगरी नहुने

भएको छ !!!



Share Your Thoughts