उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्बियो


अगर बत्ती

Dharana    

access_time 15 Jul 2021

काठमाडौं । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ । 

विहीबार ललितपुर, काठमाडौं र भक्तपुरका तीन वटै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।  त्यस्तै काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो । 

त्यस्तै, अब सबै खालका पसलहरु साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । तर, अन्य आदेश र प्रावधानहरु भने साविककै कायम रहने जनाइएको छ ।



Share Your Thoughts