काठमाडौं । निजी क्षेत्रको लुटेरा दुरसंचार कम्पनी एनसेलका कर्मचारीहरु आन्दोलित भएका छन् । एनसेलले आफ्ना कर्मचारीहरुलाई अन्यायपूर्ण व्यवहार गरेको भन्दै प्रधान कार्यालयमा आइतबारदेखि आन्दोलित भएका हुन् ।
एनसेलले विगतमा पनि ४ कर्मचारीलाई कारबाही गरेको, वृत्ति विकासका नाम सरुवा गरेको भन्दै आन्दोलित भएको एनसेल कर्मचारी ट्रेड युनियनले जनाएको छ ।
ट्रेड युनियनका अध्यक्षलाई कारवाही स्वरुप धम्कीपूर्ण पत्र लेख्नु, कम्पनीमा कार्यरत कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्नु, जागिरबाट निकाल्नु, हरेक २–२ वर्षमा हुने गरेको सामूहिक सौदाबाजीमा पेश भएका जायज मागलाई सम्बोधन नगरिएको भन्दै कर्मचारीहरुले सशक्त आन्दोलन सुरु गरेको जनाएका छन् ।
युनियनले कर्मचारी माथिको अन्यायपूर्ण कारबाही तुरुन्त फिर्ता गर्न, डेभलपमेन्ट पोजिसनको नाममा गरिएको सरुवा आतंक तत्काल बन्द गर्न, कर्मचारीहरुको जायज मागहरु तरुन्त पुरा गराउन आन्दोलनमा उत्रेको जनाएका छन् ।