काठमाडौंमा निषेधाज्ञा थप एक साता थप्नका लागि आइतबार हुँदै यस्ताे निर्णय


अगर बत्ती

Dharana    

access_time 04 Jul 2021

काठमाडाैं । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसका लागि आज आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्ने तयारी छ । 

यसअघि केही खुकुलो बनाएर थपिएको निषेधाज्ञा सोमबार मध्यरातिसम्म कायम राखिएको छ । थप एक साता निषेधाज्ञा थपे पनि यसअघि बन्द गरिएका केही क्षेत्रहरुलाई फेरि खुकुलो बनाउनेबारे पनि निर्णय आउन सक्नेछ ।

अब काठमाडौंबाट बाहिर जाने वा बाहिरबाट काठमाडौं आउने सवारी साधन पनि खोल्न सक्ने अनुमान गरिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयसँग सुझाव मानिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा केही सहज बनाएपछि कोभिड १९ का संक्रमितको संख्या बढ्दो छ ।



Share Your Thoughts