पहिरोले मकवानपुर कैलाश गाउँपालिकामा तीन घर भत्किए


अगर बत्ती

Dharana    

access_time 03 Jul 2021

हेटौंडा । अविरल वर्षासँगै आएको पहिरोले मकवानपुरको कैलाश गाउँपालिकामा ३ वटा घर भत्किएका छन्।

बुधबारदेखि परेको अविरल पानीले पहिरो आउँदा कैलाश गाउँपालिका-२ ,३ र ४ का ३ वटा घर भत्काएको हो। गाउँपालिकाको विपद् व्यवस्थापन समितिको फोकलपर्सन श्याम सुन्दर महत्तोले घर भत्किएको सूचना आएको र मानवीय क्षति हालसम्म नभएको जनाए ।

उनको अनुसार अन्य विभिन्न स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको  जानकारी आए पनि सम्पर्क हुन  सकिरहेको  छैन। महत्तोले गाउँपालिकाको  नारायणटारमा घर चर्केको खबर आए पनि फोन सम्पर्क गर्न नसकेको र त्यहाँ पुग्नको लागि  पनि बाटो अवरुद्व हुदाँ यकिन जानकारी नआएको  उनले जनाए ।

उनले वडा-४ को  घुमाउनेमा ठुलो  पहिरो खस्दा घर भत्किएको ठाउँमा जान नसकेको बताए। लगातार पानी परिरहेको हुँदा  जेसिबीले पहिरो पन्छाउन पनि नसकेको उनको भनाइ  छ।




Share Your Thoughts