उपत्यकामा जारी निषेधाज्ञा जारी रहने, तर केही खुकुलो बनाउने तयारी



Dharana    

access_time 20 Jun 2021

काठमाण्डौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी गरिएको छ। संक्रमण जोखिम कायमै रहेको भन्दै उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ। 

उपत्यकाभित्र निषेधाज्ञालाई निरन्तरता दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यद्यपि, केही क्षेत्र खुला गर्ने तथा यसअघिको मोडालिटीमा केही परिवर्तन गर्न सक्ने उनको भनाइ छ।

एकैपटक निषेधाज्ञा हटाउँदा महामारी पुनः फैलन सक्ने भन्दै सीडीओ पराजुलीले चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने जनाए।

अब थप गरिने निषेधाज्ञाकुन रुपमा अगाडि बढाउने तथा कसरी व्यवस्थित गरिने भन्नेबारे सरोकारवालासँग छलफल जारीरहेको उनले बताए। निश्चित समय तोकेर सबै खाले व्यापार व्यवसाय सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको सीडीओ पराजुलीले जनाए।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ। 

सीसीएमसी निर्देशक समितिको गत बुधबार सम्पन्न बैठकले गरेको प्रस्तनावबारे पनि छलफल गरिने बताइएको छ। समितिले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो। 

कुनै व्यवस्था गरेर सवारी–साधन चल्न दिने कि भन्नेबारे समेत ५लफल हुने पराजुलीले बताए। ‘सवारी–साधनको हकमा कस्तो मोडालिटी लागु गर्ने भन्नेबारे टुंगोमा पुगेका छैनौं,’ सीडीओ पराजुलीले भने, ‘यसबारे पनि बैठकबाटै नै निर्णय हुनेछ।’



Share Your Thoughts