अलपत्र परेका १२ जनाको उद्धार



Dharana    

access_time 18 Jun 2021

सल्यान/सल्यानको शारदा नदिको बीच टापुमा अलपत्र १२ जनाको उद्धार गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको बीचमा अलपत्र परेका १२ जना स्थानीयको उद्धार गरिएको हो । शारदा खोलामा दुई हंगालोको बीचमा रहेका खेतमा धान रोप्नको पुगेका उनीहरू शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको थिए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले अलपत्र परेकाहरु १२ जनाको डोरीको माध्यमबाट उद्धार गरिएको जनाए । उनका अनुसार अलपत्र परेका नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।


अविर वर्षा पछि शारदा नदिमा पानीको बहाव बढेको छ । नदि छेउछाउका वस्तिका वासिन्दालाई सर्तक रहन सल्यान प्रशासनले अनुरोध गरेको छ ।





Share Your Thoughts