निर्वाचन आयोगलाइ नारायणकाजीको चेतावनी



Dharana    

access_time 15 Jun 2021

काठमाण्डौ/पुर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का वरीष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाइ चेतावनी दिएका छन ।

गोर्खा र सर्लाहिमा कोभिड नियन्त्रण अभियान संचालन गरेर काठमाण्डौ फर्केको भोलीपल्टै श्रेष्ठले निर्वाचन आयोगलाइ सरकारको कठपुतली नबन्न चेतावनी दिएका हुन ।

संजाल मार्फत उनले भनेका छन ‘ निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भत्र्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि एक हो । साथै ,राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ ।



Share Your Thoughts