उपत्यकामा जारी निषेधाज्ञा थपिने तर 'मोडालिटी' भने परिवर्तन हुने



Dharana    

access_time 12 Jun 2021

काठमाडौं/काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्याण नभएको जनाएको छ ।

जिल्ला अधिकारी निरौलाले  भने, ‘निषेधाज्ञा कति लम्ब्याउने भन्ने कुरा आएको छैन । धेरै भिडियाका साथिहरुले यस विषयमा सोधि सक्नुभयो । तर, निषेधाज्ञा एक साता, १० दिन वा १५ दिन कति समयको लागि लम्ब्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’

तर अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उनले जनाए । तर, यस विषयमा अन्य जिल्ला अधिकारीहरु सँग छलफल हुन बाँकी रहेको उनले भने ।

‘अहिले बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब केही सयम थप गरेको खोल्न दिइने छ,’ उनले भने।

कोरोनाभाइरस (कोभिड–१९)को दोस्रो लहर नियन्त्रण र रोकथामका लागि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको थियो ।

यता गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको कस्तो मोडालिटी बनाउने भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेको जनाएको छ ।

‘मुख्य कुरा कोरोना महामारी अझै नियन्त्रणमा आइसकेको छैन । सङ्क्रमण दर घट्दै गएपनि जोखिम कायम नै छ,’ उनले भने, ‘त्यसले गर्दा अहिले नै यसै गर्ने भन्दा पनि यसलाई सर्वपक्षय उद्योग, पर्यटन, आर्थिकलगायत विभिन्न क्षेत्रलाई समेटेर यस विषयमा छलफल गरिरहेका छौं ।’

साथै उनले अब थपिने निषेधाज्ञाका विषयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र डीसीसीएमसीसँग छलफलमै रहेको जानकारी दिए । ‘डीसीसीएमसीले के भन्छ?- त्यो समेतको विषयमा हामी निरन्तर छलफलमा छौं । थप हुने निषेधाज्ञाबारे आज साँझ वा भोलिसम्म निर्णय लिन्छौं,’ उनले भने ।

प्रवक्ता दाहालका अनुसार विषेधाज्ञाको मोडालिटीबारे विभिन्न खालका अभिव्यक्तिहरु आएको छ । ‘कसैले निषेधाज्ञालाई थप कडाइ गरेर लैजानुपर्ने सुझाव दिएका छन् भने कसैले स्वास्थ्य मापदण्ड अपनाएर यसलाई निरन्तरता दिनुपर्ने जनाएका छन्,’ उनले भने, ‘यद्यपी यस विषयमा जिल्ला प्रमुख अधिकारीहरु लगायत सबैको कुरा सुनेर निर्णय लिन्छौं ।’

साथै उनले यो पटक कृषि र उत्पादनसँग सम्बन्धित क्रियापलाप सहजिकरण गर्नुपर्ने माग आएको जानकारी दिए ।

सार्वजनिक यातायात क्षेत्र खुल्ला गर्ने विषयमा अहिले केही छलफल भएको छैन । तर, अहिले खेतिको समय भएको हुनाले कृषिको लागि आवश्यक पर्ने बिउ, मल ओसारपसार लगायत प्राविधिक र मजदुरका विषयलाई कसरी सहजिकरण गर्ने भन्ने बारे छलफल भएको उनले जनाए । त्यसैले यो पटक उत्पादन मुलक क्षेत्रलाई कसरी सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा सरकार केन्द्रित भएको गृहका प्रवक्ता जनकराज दाहालले जनाए।



Share Your Thoughts