सभामुखद्वारा आयोजित सर्वदलीय बैठक जारी



Dharana    

access_time 11 Jun 2021

काठमाडौं/सभामुख अग्नीप्रसाद सापकोटाले आह्वान गर्नुभएको सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता छैन ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईको सहाभगिता छ । त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालको भने भर्चुवल उपस्थिति रहेको प्रेस विज्ञ न्यौपानेले जनाए  ।

सोहीअनुसार बैठकमा जनता समाजवादी पार्टी (जसपा): नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरा, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको सहभागिता छ । बैठकमा सत्तारुढ दल एमाले र जसपाका महन्थ ठाकुर पक्षका नेताहरुको सहभागिता छैन ।



Share Your Thoughts