चीनले आफ्ना विरोधी हस्तक्षेप विरूद्ध कानुन पारित ग-यो



Dharana    

access_time 10 Jun 2021

काठमाडौं/अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूबाट हुन सक्ने विदेशी हस्तक्षेपबाट चीनको चुरो स्वार्थलाई सुरक्षा गर्ने गरी एक विधेयक चीनको सर्वोच्च विधायिकबाट पारित गरिएको छ ।

चीनको राष्ट्रिय जनकांग्रेसमा मतदान भइ विदेशी नाकाबन्दी विरोधी ऐन बनेको हो ।

यो विधेयक १३ औं राष्ट्रिय जनकांग्रेसमा प्रस्ताव गरिएको थियो ।

यसबारे विशेष नखुलाइए पनि अमेरिका र उसका पश्चिमा देशहरूको वर्चस्वको प्रतिरोध गर्न यो कानुन बनाइएको हो ।

अमेरिकाले चीन विरोधी कानुन पारित गरेलगत्तै चीनले त्यसको प्रतिकार गर्न यो कानुन बनाएको हो ।

चिनियाा विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले यो कानुनले राष्ट्रिय सावैभौमिकता ,अखण्डता, र पश्चिमा हैकम र शक्तिको राजनीतिलाई व्यवस्थस्थित गर्ने जनाए ।

अमेरिकाले ल्याएको इनोभेसिन एन्ड कम्पिटेसन ऐक्टको प्रतिरोधमा चीनले एन्टी फरेन स्याङसन ऐक्ट ल्याएको हो ।

अमेरिकाले सो कानुनमा चीनलाई प्रमुख खतरा भनेर परिभाषा गरेको छ ।



Share Your Thoughts