पानी रोकिए पनि पुरानो स्रोत र तालिका अनुसार वितरण गरिने



Dharana    

access_time 04 Jun 2021

काठमाडौं/मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी केही समय आउँन रोकिने देखे पछि पुरानै स्रोतबाट पुरानै कार्यतालिकामा पानी वितरण गर्ने भएको हो ।

उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले पानी वितरणकार्य नरोकिने जनाए। केहि समय देखि मेलम्चीको पानी आए पछि एक दिन विराएर पानी पठाउने कार्यतालिका भएकोमा अव पुरानै कार्यतालिका अर्थात नौ दिनमा एक पटक पानी पठाउने गरि तयारी अवस्थामा रहेको जनाए ।

केयूकेलले पुरानो स्रोतबाट दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको थियो । अव बर्षातको लाग्न थालेको जनाउँदै पुरानो स्रोतबाट पानी संकलन गर्न सकिने र अपुग भएको अवस्थामा बाहिरबाट सार्वजनिक ट्रयाङकरबाट पानी ल्याएर भए पनि उपभोक्तालाई खाने पानीबाट बन्चित नगराउने उहाँको भनाई छ ।

मेलम्चीको पानी आए पछि नयाँ पाइपलाइनमा दैनिक र पुराना पाइपबाट एक दिन विराएर पानी वितरण भएकोमा अव केही समय उपभोक्तालाई असहज महशुस भने हुँने उनले  जनाए।

यसै गरि पानी परीक्षण सफल भए पनि असारको पहिलो हप्ताबाट सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधारको काम गरिने प्रवक्ता पन्तले जनाए । उक्त सुरुङको पुरै पानी सफा गरि पूनः परीक्षण गर्न दुई महिना जति समय लाग्ने आयोजनाको भनाई छ । सुरुङ सफाई सुरु भए पछि काठमाडौं उपत्यकामा पानी आउन रोकिने भएको छ ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सुरुमा परीक्षणको रुपमा दैनिक चार करोड पठाए पनि बैशाख ६ गतेदेखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी पठाइएको छ ।



Share Your Thoughts