माधव नेपाल कम्पनीमा अर्को भूकम्प, ४ नेताले दिए १० बुँदे चेतावनीसहितको वक्तव्य (हेर्नुहोस् पूर्ण पाठ)



Dharana    

access_time 04 Jun 2021

काठमाडौं  / नेकपा एमालेको माधव समूहमा फेरि भूकम्प गएको छ। सो समूहका चार नेताले माधवको ढुलमुले प्रवृत्तिलाई खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

केपीओली सँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली सकिएको अवस्थामा फेरि पनि सम्झौताको लागि समय लम्ब्याउनुको कुनै अर्थ नहुने भन्दै चार नेताले  ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

झलनाथ खनाल र माधव कुमार नेपालका साथै स्थायी कमिटीलाई समेत सम्वोधन गरेर सो पत्र बुझाउनेहरूमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राई रहेका छन् ।

ध्यानाकर्षण पत्रमा केपी ओलीको कुनै शब्दजाल र चालमा नपरी अन्तरसंघर्षको मूलप्रबाहलाई दरोसँग पक्रन सक्नु पर्ने नत्र धोका हुनेमा उनीहरुले नेताहरुलाई सचेत गराएका छन् ।

सहमतिका नाममा नेताहरुले निर्णय गरेर अघि बढ्न अझै पनि खुट्टा कमाइरहेको स्थितिमा उनीहरुले एकताको नाममा संगठनका केही सामान्य जोड घटाउमा सन्तुष्टि लिने गरी सहमति गर्नु आफै ठगिनु मात्र भएको बताएका छन् । अहिले एकता गरेर गइयो भने पनि आउँदो स्थानीय तहदेखी नै पूर्वाग्रह र अन्तरघात हुनेतर्फ पनि उनीहरुले नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

पत्रमा भनिएको छ ‘आगामी दिनमा हुने स्थानीय तहदेखि संघीय संसदसम्मको निर्वाचनमा टिकट वितरणको प्रक्रिया धेरै नै पक्षपातपूर्ण, विभेदकारी, पूर्वाग्रही र अन्तरघातमय हुनेछ भन्ने आजका घटनाक्रमहरु र विगतका अनुभवहरुवाट स्वत प्रमाणित भएको छ । केपी ओलीको आँखामा कम्फर्टेबल देखिने पात्रहरु मात्र उहाँको रोजाईमा पर्नेछन् । केपीओलीको सत्ता सुरक्षित भईसकेपछि यो परिस्थितिमा पनि परिवर्तन आउनसक्छ र माधव नेपालका विचार समूहमा रहेका अधिकांशहरुलाई किनारा लाईने छ । यो कुराप्रति विचार नगरी एकताको कुनै अथै हुनेछैन । तसर्थ कार्यकर्ताको सुरक्षाका यावत प्रश्नहरुमा आँखा चिम्लेर सहमतिको कुरा नगर्न अनुरोध गर्दछौं ।’

पत्रमा केपी ओली व्यक्ति नभएर खराब प्रवृतिका मुख्य नाइके भएको जनाउँदै उनको सच्याईलाई कार्यकर्तो बीचमा लगेर विद्रोहको चेतना भर्न आग्रह गरेका छन् ।

‘देशब्यापि रुपमा हजारौं हजार कार्यकर्ताहरुलाई प्रोत्साहित गर्ने, समानान्तर रुपमा कमिटीगठन र पुनर्गठन गर्ने गराउने कार्य गर्ने, केपी ओली ब्यक्ति होईन खराव प्रबृत्तिका मुख्य नाईके हुन् सच्चाईलाई कार्यकर्ताको वीचमा लगेर हामीले बिद्रोहको चेतना भर्यौँ। संघर्षको रुपमा राष्ट्रिय कार्यकर्ता भेला गर्यौं, कर्णाली प्रदेशमा संसदमा फ्लोर क्रस गर्ने, राष्टिय सभाको् निर्वाचनमा आफ्नो उमेद्वार खडा गर्ने, र हजारौलाई सडकमा उतारेर केपीओली प्रबृतिका विरुद्धमा वारपारको संघर्ष गर्ने संखघोष गर्यौं । हामीले किन यसो गरेका थियौरु ०७५ जेष्ठ २ गतेमा फर्कनका लागि मात्र होरु’


यस्तो छ ४ भाइले बुझाएको ध्यानाकर्षण पत्र  :-


वरिष्ठ नेता क।झलनाथखनाल,

वरिष्ठ नेता क।माधवनेपाल

तथा स्थायीकमिटीका सदस्यकमरेडहरु,


विषय :- ध्यानाकर्षण गरिएको बारे ।


गत ०७८ जेष्ठ २ गते नेकपा एमालेको आन्तरिक विवादहरु समाधान गर्नका लागि केपीओलीपक्षका ५ जना र झलनाथ खनाल९ माधव नेपालपक्षका ५ जना भएको एक १० सदस्यीय कार्यदलको गठन गरिएको थियो । त्यसले आजसम्म काम गरिरहेको छ भन्ने सूचनाहरु प्राप्त गरेका छौं ।

नेपाल पक्षका प्रमुख नेताहरुलाई पार्टीवाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्य समेत निष्कासित भईसकेको अवस्थामा त्यो कार्यदलको औचित्य नै समाप्तभईसकेको हुनुपर्नेमा कार्यदलकै नाममा छलफल भईरहेको भन्ने सुन्न पाउनु आफैमा आशर्यजनक त छँदैछ, त्यो भन्दापनि आश्चार्यजनक छ कि हाम्रा स्थायी कमिटीका सदस्यहरु कोहीवार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुग्नु भएको देखिएको छ । यो परिदृष्यले पनिहामी के निर्णय लिन्छौँ, कस्ता कामहरु गर्छौँ, क९कसले जवाफदेहिता बहनगछौँ र कसरी आफ्नो विचार समूहको एकतालाई कमजोर पारिरहेका हुन्छौँ भन्ने प्रष्टपारेको छ ।

केपीओली नेत्रृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रीयता समाप्त प्राय छ । देशभित्रको रानजनीतिक शक्ति सन्तुलन उनको विपक्षमा गईरहको छ, तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन्, उनीहरुको स्वार्थको लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विष्लेशण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरु यति बेला प्रतिगमन र देशघातको नेत्रृत्व गर्देछन् । यति गम्भीर पक्षहरु जान्दाजान्दै उनको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाईदिने, पार्टीमा विद्रोह गर्ने हजारौ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाईदिने, अब केपीओली सँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिकदलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र ब्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दुषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफै आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिन्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन । तसर्थ आजको आवस्यकता केपी सरकारको बहिर्गमन हो र राजनीतक दलहरुसँगको सहकार्य हो । यतातिर गंभीर ढंगले ध्यान जानुपर्दछ भन्ने हाम्रो ठहर छ ।

हामीलाई कार्यदलको नाममा भएका छलफलहरुको समग्र जानकारी छैन तर हाम्रो अन्तरसंघर्षले कस्तो दिशालिएको हुनु पर्दछ भन्ने विषयमा जानकारी राख्दछौँ । त्यही विषयलाई मध्यनजर गर्दै निम्न सुझावहरु प्रस्तुत गर्न चाहान्र्छौ ।

१।पार्टी विभाजन हुन दिनहुँदैन भन्ने हाम्रो पवित्र भावनालाई केपी ओली नेत्रृत्वले सम्झौता गरेको भोलिपल्ट नै उलंघन गर्नेछ भन्ने हाम्रो विश्वास छ । अन्य राजनीतिक दल र तिनक शीर्ष नेताहरुलाई समेत पटकपटक धोका दिएको, पार्टी कमिटीका आन्तरिक निर्णय र सहमतिहरुमा पटकपटक विश्वासघात गरेको जीवित सत्य आँखाको अगाडि हुँदाहँुदै यो यो आन्तरिक सम्झौता चाँहि पालना हुनेछ भन्ने कुरा पत्याउन सकिँदैन ।

यो कार्य सर्बोच्च अदालतमा रहेको विचाराधिन मुद्दालाई प्रभावित गर्न र आपm्नो पक्षमा अनुकुलताका वातावरण सिर्जना गर्न गरिएको चालवाजी मात्र हो भन्ने निष्कर्षमा पुगेका छौँ।

रातारात कुनै नाटकीय सम्भौता गरेर सर्बोच्च अदालतवाट मूद्दा फिर्ता लिन लाउने अभिप्रायले पटकपटक, मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो । तसर्थ मूद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहान्छौं ।

२। कम्युनिष्ट पार्टीलाई विचार प्रधान बनाउने हाम्रो धेयलाई पूरा गर्नका लागि एकताको नाममा संगठनका केही सामान्य जोड घटाउमा सन्तुष्टि लिने गरी सहमति गर्नु आफै ठगिनु मात्र हो, सैद्धान्तिक तथा बैचारिक विषयहरुमा र संगठन संचालनका विषयहरुमा प्रष्टता र ब्याख्यामा एकरुपता प्राप्त गरेर मात्र एकताको पहल सार्थक हुन सक्दछ । कार्यदलका सदस्यहरुले के यसो गर्न सक्नुहोला रु यदि गरिँदैन र टालटुले कुरा मात्र गरिन्छ भने त्यो अवस्था स्वीकार गर्न गाह्रो हुनेछ भनी सूचित गर्दछौँ ।

३। आगामी दिनमा हुने स्थानीय तहदेखि संघीय संसदसम्मको निर्वाचनमा टिकट वितरणको प्रक्रिया धेरै नै पक्षपातपूर्ण, विभेदकारी, पूर्वाग्रही र अन्तरघातमय हुनेछ भन्ने आजका घटनाक्रमहरु र विगतका अनुभवहरुवाट स्वत प्रमाणित भएको छ । केपी ओलीको आँखामा कम्फर्टेबल देखिने पात्रहरु मात्र उहाँको रोजाईमा पर्नेछन् । केपीओलीको सत्ता सुरक्षित भईसकेपछि यो परिस्थितिमा पनि परिवर्तन आउनसक्छ र माधव नेपालका विचार समूहमा रहेका अधिकांशहरुलाई किनारा लाईने छ । यो कुराप्रति विचार नगरी एकताको कुनै अथै हुनेछैन । तसर्थ कार्यकर्ताको सुरक्षाका यावत प्रश्नहरुमा आँखा चिम्लेर सहमतिको कुरा नगर्न अनुरोध गर्दछौं ।

४। के पार्टीभित्र आन्तरिक एकता गर्नेठाउँ केपी पक्षले बाँकी राखेको छ रु के ०७८ फागुन २८ गतेदेखि उनीहरु स्वयम्ले पार्टी विभाजित गरेका हाईनन्रु पार्टी कब्जा गर्ने नियतले गरेका सबै कृत्यहरुले कार्यकर्ताहरुलाई एकताको भावभर्ने गरी, उत्साही बनाउने गरी तथादुबै पक्षको विजय भएको अनुभूति हुने गरी सहमति गरिनेछ भन्ने विश्वास दिलाउन सक्ने आधार तयार गरेको छरु के हामीले गर्विलो स्वरले पार्टीलाई विधिविधान, अनुशासन र यसको मूल्यप्रणालीअनुसार हिन्न बाध्य बनाउने छौं भनी गरेको उद्घोषलाई कुनै सहमतिले सफल बनाउने छ रुयी प्रश्नहरुको सहीउत्तर खोज्ने क्रममा नै हाम्राविचारको रक्षा हामी आफैँले गरेका हुन्छौँ कि हुँदैनौ भन्ने कुराको निक्र्यौल गर्दछ। यो वार्ता सन्दर्भ असफल हुने प्रष्ट देखिएको छ।यस्तो बेलामा आफ्ना सहयोद्धाहरुका वीचमा ब्यापक छलफल गरी अगाडि बढ्नु पर्नेमा गुपचुप गरिने कार्यहरुले स्वीकार्यता प्राप्त गर्देन भन्ने स्मरण गराउन चाहान्छौं ।

५। पार्टीको दशौं महाधिवेशन सहजतापूर्वक, विधिसम्मत, पारदर्शी तवरले निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेछ र नेत्रृत्व स्थापित हुनेछ भन्ने विश्वास लिन र कार्यकर्ताहरुलाई विश्वास दिलाउने सामथ्र्य सहमति गर्ने कमरेडहरु र त्यसको प्रमुखको रुपमा क। झलनाथ र क। माधवहरुसँग छ र रु नत्र यसको लागि को जवाफदेही हुनेछ रुत्यसबेला विद्रोहको कुरा गरियो भने को तयार होल रु नेताहरुको विश्वसनीयता एक पटक समाप्त भयो भने पुनप्राप्त गर्न धेरै कठिनहुनेछ भन्ने स्मरण गराउन चाहान्छौं । तसर्थ, केपी ओलीको कुनै शब्दजाल र चालमा नपरी अन्तरसंघर्षको मूलप्रबाहलाई दरोसँग पक्रनु, नत्र धोका हुनेछ भनी सचेत गर्न चाहान्र्छौ ।

६। कार्यदलका सदस्यहरु, सांसद तथा केन्द्रीय सदस्यहरु नै नै पार्टीवाट निष्कासनमा परिसकेका र थप त्यही सूचनाको पखाईमा रहेका आजको् अवस्थामा के कमरेडहरुको सहमतिले सबै केन्द्रीय सदस्यहरुको सबै विचारको प्रतिनिधित्व गर्न सक्दछरु

कार्यदल कस्तो अवस्थामा बनेको थियो, कसरी यसका सम्वादहरु अगाडि बढेका थिए, के कुरामा सफलता पाउन केपी ओलीले यसको दुरुपयोग गर्न खाजेका छन् र आजकिन सम्वादलाई तीब्र पार्न खोजिएको छ भन्ने कुरा सबैलाई धेरथोर जानकारी नै छ । हामीभित्रै फुटल्याउन अनवरत प्रयास भईरहेको पनि अनुभव गर्न सकिन्छ । यस्तो अवस्थामा यो वैचारिक समूहको आन्तरिक एकतालाई ध्यानमा राखीकाम गरियोस भनी सुझाव दिन चाहान्र्छौ।

७। देशब्यापि रुपमा हजारौं हजार कार्यकर्ताहरुलाई प्रोत्साहित गर्ने, समानान्ततर रुपमा कमिटीगठन र पुनर्गठन गर्ने गराउने कार्य गर्ने, केपी ओली ब्यक्ति होईन खराव प्रबृत्तिका मुख्य नाईके हुन् सच्चाईलाई कार्यकर्ताको वीचमा लगेर हामीले बिद्रोहको चेतना भर्यौँ। संघर्षको रुपमा राष्ट्रिय कार्यकर्ता भेला गर्यौं, कर्णाली प्रदेशमा संसदमा फ्लोर क्रस गर्ने,राष्टिय सभाको् निर्वाचनमा आफ्नो उमेद्वार खडा गर्ने, र हजारौलाई सडकमा उतारेर केपीओली प्रबृतिका विरुद्धमा वारपारको संघर्ष गर्ने संखघोष गर्यौं । हामीले किन यसो गरेका थियौरु ०७५ जेष्ठ २ गतेमा फर्कनका लागि मात्र होरु

धेरै मेहेनतले हामीले कम्युनिष्ट पार्टीलाई जनताको सारथीबनाउनको लागि कार्यकर्तालाई तयार पारेका थियौं । नेकपा एमालेको अध्यक्षले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न लागेको हुनाले हामी मैदानमा उत्रेका थियौं । आजप्रबृत्ति र परिस्थितिमा परिवर्तन नै नआई हामीले आफ्नो अडान छाडेर सहमति गरियो भने धेरै कार्यकर्ताहरु निराश हुने, पलायन हुने र अर्को पार्टीमा प्रवेश गर्ने स्थिति आउन सक्छ भन्नेतिर ध्यान दिन जरुरी छ । हामी केही गर्न सक्दैनौ भने सँधै कार्यकर्ताले हामीलाई नै साथदिई नै रहन्छन् भन्ने सोच्न पनि हुँदैन ।

८। ०७७ फागन २३ गते सर्बोच्च अदालतले नेकपाको अस्तित्व समाप्त गरिदिएपछि नेकपा एमाले स्वाभाविक रुपमा ०७५ जेष्ठ २ गते अगाडिको अवस्थामा पुनर्जीवित हुनुपर्दछ भन्ने हाम्रो बटमलाईन राजनीतिक र कानूनी दुबै कोणवाट सही थियो । यसको अर्थ संगठनको संरचना ०७५जेष्ठ २ मा पुग्ने वितिकै समस्या समाधान हुन्छ भनेको होईन । प्रबृत्तिका विरुद्धको संघर्ष ०७५ जेष्ठ २ ले समाप्त गर्दैन । फागुन २३ यताका दिनहरुमा केपी प्रबृत्तिको विस्तार भई नै रहेको छ । तसर्थ आज गरिने सहमतिले प्रबृत्तिका विरुद्ध विजय गरेको देखिनुपर्दछ । त्यतातिर ध्यान नै नदिई घुमाउरो ब्याख्या गरेर हुँदैन ।

कमरेडहरु, जसरी पनि नमिली हुदैन भन्ने लाचार दृष्टिकोणवाट हामी मुक्त हुनै पर्दछ । केपी ओली यिनीहरु निस्केर जाउन भन्ने दुरासयले काम गर्ने अनि हामी कुनै हालतमा टाँसिएर नै बस्नुपर्छ भन्ने मान्यता बनाएर हिन्नु भनेको विचारको पराजय र संगठनात्मक पलायन नै हो । हामी सहीविचार र दृष्टिकोणमा छौं, न्याय र सत्यको पक्षमा छौं र ईमानदार कार्यकर्ताको विशाल पंक्ति हामीसँग छ भन्ने जान्दाजान्दै आत्म समर्पणको शैलीमा निहुरिन पुग्ने कुरा कुनै कोणवाट पनि सही हुन सक्दैन ।

९। विगत छ महिनादेखि हामीले संसद विघटनको विरुद्धमा मात्र संघर्ष गरेर्नौ, केपी प्रबृत्तिसँग संघर्ष गर्दै आएका र्छौ । तर हाम्रो संघर्ष हाम्रो समुहको लागि नेकपा एमालेको नर्वौ राष्ट्रिय महाधिवेशन देखि नै गरि आएको संघर्षको निरन्तरता हो । केही विशिष्ट घटनाक्रमहरु थपिएको भएता पनि आमरुपमा केपीको विचार र प्रवृत्ति एउटै थियो र छ भन्ने प्रष्ट नै छ । तसर्थ विचार र संगठनका दुृवै क्षेत्रमा सार्थक, औचित्यपूर्ण र परिणाममूखी एकता प्राप्त गर्नका लागि ०७५ जेष्ठ २ मा फर्केर मात्र हुँदैन आत्मसम्मान र बैचारिक मिलाप एक साथ हुनुपर्दछ । एमाले कालमा नै हामीले पार्टीमा आत्मसम्मानका साथपार्टीमा काम गर्ने वातावरण गुमाईसकेका थियौ । तसर्थ ०७५ जेष्ठ २ को तर्क अगाडि सारेर अन्य कुरामा ध्यान नदिईकन सहमतिको मात्र कुरा गरिन्छ भने त्यस्तो सहमति मान्य हुनेछैन भनी प्रष्ट पार्न चाहान्र्छौ ।

१०।पार्टी एकताको लागि अधिकतम लचकता प्रदर्शन गर्न थप नेताहरुलाई कार्बाही नगर्ने भनी गरिएको प्रचार हामी वीचमा फुट ल्याउने चालबाजी हो भन्ने प्रष्ट नै छ। ११ जना नेताहरुलाई पार्टीवाट निष्काशन गरेर वार्ता नै हुदैन भन्ने अडानलिनु पर्ने हाईन ररुआज रचना गरिएको वार्ताको नाटकले हामी वीचको एकतालाई छिन्नभिन्न गर्ने, राजनीतिक दलहरुसँगको हाम्रो सहकार्य भंग गर्ने,र सर्बोच्च अदालतमा संसद पुनस्र्थापनाको बहशलाई कमजोर पार्ने उद्देश्य बोकेको छ भन्ने प्रष्टसँग देख्न सकिन्छ।

तसर्थ ब्यापक परामर्श विना सहमतिको नाममा कलम नचलाउन नेता कमरेडहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ । कार्यदलको नाममा भईरहको गतिबिधिको जानकारी राख्ने, सहमतिको आधारका बारेमा छलफलमा सहभागी हुने र राय राख्ने, निर्णयको बटमलाईन तयार गर्ने सबै कुराहरुमा केन्द्रीय सदस्यहरुको उत्तिकै चासो र अधिकार छ । संघर्षमा साथ दिईरहेका कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गर्न सकिँदैन भने कुनै पनि सहमतिले परिवर्तनको प्रतिनिधित्व गर्दैन, बरु यथास्थितिवादको खाल्डोमा हामी आफै पुरिने छौँ । त्यस्तो सहमतिलाई कार्यकर्ता र नेताहरुले अस्वीकार गर्नेछन् । तसर्थ आवस्यक प्रबन्धहरु मिलाई ठोस धारणाका साथ अगाडि बढ्न सचेत गराउछौँ ।

अन्त्यमा, हामीपुन जोड दिन चाहान्छौँ कि वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भईसकेको छ, यसलाई तत्काल बन्द गरौँ । नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौँ र देशलाई प्रतिगमन, राष्टघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ । कम्युनिष्ट आन्दोलनमा बर्तमानमा हावि भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई गोलदन्द गरौं र देशको संघीय, लोकतान्त्रिक गणतन्त्र माथिआई परेको चुनौति सामना गर्न देशभरिका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लागौँ। ।


विचार प्रस्तोताहरु

१।जगन्नाथ खतिवडा, पोलिटब्युरो सदस्य, नेकपाएमाले

२। विजय पौडेल, पोलिटब्युरो सदस्य, नेकपा एमाले

४।प्रकाश ज्वाला, पोलिटब्युरो सदस्य, नेकपा एमाले

३।राजेन्द्र राई, केन्दीय सदस्य, नेकपा एमाले

धन्यवाद ।



Share Your Thoughts