क्षेत्रपाटी नि:शुल्क क्लिनिकलाई जोय फाउन्डेसनको सहयोग



Dharana    

access_time 16 May 2021

काठमाडौं/नेपालका लागि नेपाली भन्‍ने अभियानकासाथ स्थापना भएको कल्याणकारी संस्था जोय फाउन्डेसनले क्षेत्रपाटी नि:शुल्क क्लिनिकलाई सहयोग गरेको छ।

संस्थाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो। क्लिनिकलाई बेड,अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, पीपीई, गाउन, स्यानिटाइजर लगायतका सामग्री फाउन्डेसनका तर्फबाट गौरव तिवारीले आइतबार हस्तान्तरण गरेका हुन्। कोरोना बिरामीको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले सकेको सहयोग गरिएको तिवारीले जनाए। 

'यो महामारीको समयमा सकेको सहयोग गरेका हौं। अघिल्लो वर्ष पनि हामीले विभिन्न कल्याणकारी काम गरेका थियौं। आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जानेछाैं' उनले भने।



Share Your Thoughts