एमाले विवाद समाधानका लागि १० सदस्सीय कार्यदल गठन



Dharana    

access_time 16 May 2021

काठमाडौं/नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएकाे भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएकाे हाे।

कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएकाे नेता नेपालले जानकारी दिए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएकाे भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले जनाए। दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएकाे हाे। 

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ।



Share Your Thoughts