जसपाका नेता राजेन्द्र महतो प्रधानमंत्री बन्ने सम्भावना , जसपा संसदीय दलको नेतामा महतो चयन



Dharana    

access_time 15 May 2021

काठमाडौं / राजेन्द्र महतोलाई अंगीकृत नागरिक भनेर चर्चा गर्ने गरिन्छ , तर उनी आफैले यो चर्चाको खण्डन आधिकारिक रुपमा गरेका छैनन् । बरु उनी लगायत जसपाका धेरै नेताले अंगीकृत नागरिकलाई पनि बंशज नागरिक सरह अधिकार दिनु पर्नेसमेतका मागहरु राख्दै संबिधान नै संशोधन गरिनु पर्ने आवाज उठाउँदै आएका छन् ।

यस्तै मागहरु कार्यान्वयनको सहमति सहित आलोपालो प्रधानमंत्री बन्ने सहमतिसाथ जसपाको महन्थ-राजेन्द्रपक्षको बैशाखी टेकेर प्रधानमंत्री एबम् एमाले अध्यक्ष केपी ओली तत्कालका लागि प्रधानमंत्रीमा थमौती भएका छन् भने जसपाले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको छ । ओलीको तेस्रो नियुक्तिको सपथ र महतोको संसदीय दलको नेतामा चयन एकैदिन भएको छ ।  

उता प्रचण्ड,देउवा र बाबुरामसमेतले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमंत्री बन्न प्रस्ताव गर्दा पनि महन्थले ओलीको निरन्तरतालाई नै महत्व दिएको पाईयो ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नेपाली कांग्रेससहितको गठवन्धनको पक्षमा रहेपनि ठाकुर र महतोले साथ नदिँदा उक्त गठबन्धनले तत्काल सरकार बनाउन नपाएको जस्तो देखिए पनि जसपाले राजेन्द्र महतोलाई प्रधानमंत्री बनाउने तयारी गरिरहेको बिश्वस्त स्रोतले जनाएको छ ।



Share Your Thoughts