उपत्यकामा थपिए ३ हजार ५६२ संक्रमित



Dharana    

access_time 13 May 2021

काठमाडौं/काठमाडौं उपत्यकामा एकै दिन (बिहीबार) ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्। 

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७३३ छन्। यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडाैंमा याेसँगै काेराेना संक्रमितकाे संख्या १ लाख ५६ हजार ५३३ पुगेकाे छ भने सक्रिय संक्रमित ३१ हजार ७३ रहेका छन्। यस्तै, १ लाख २४ हजार ४५३ जना संक्रमणमुक्त भएका छन्। काठमाडाैंमा संक्रमणबाट अहिलेसम्म एक हजार ७ जनाले ज्यान गुमाएका छन्।

यता, ललितपुरमा २६ हजार ३२७ संक्रमित पुगेका छन्। जसमध्य १९ हजार २१५ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ८४० सक्रिय संक्रमित रहेका छन्। यस्तै, ललितपुरमा २७२ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

भक्तपुरमा १५ हजार ५६८ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य १० हजार ६१४ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ८४० सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म भक्तपुरमा २०१ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।



Share Your Thoughts