देशभर कोरोनाबाट थप २१४ जनाको मृत्यु



Dharana    

access_time 13 May 2021

काठमाडौं /देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ। 

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन्। यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ। 



Share Your Thoughts