पत्रकारलाई अब सूचना विभागको कार्ड अनिवार्य



Dharana    

access_time 04 May 2021

काठमाडौं/काठमाडौं उपत्यकामा आवतजावत गर्ने पत्रकारलाई अब सूचना विभागको परिचयपत्र अनिवार्य गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले पत्रकारहरूको आवतजावतमा पनि कडाइ गर्ने निर्णय गरेको हो।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना विभागको परिचयपत्र भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय भएको जनाए। यसअघि सम्बन्धित सञ्चारगृहको परिचय भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था रहेकोमा सूचना विभागको कार्ड अनिवार्य गरिएको हो।

यसअघि शुक्रबार साँझ बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पनि सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको थियो।



Share Your Thoughts