राष्ट्रिय सभाको उपनिर्वाचनको मतदान केन्द्र हेटौंडाको भुटनदेवी मावि


अगर बत्ती

Dharana    

access_time 30 Apr 2021

काठमाडौं/जेठ ६ गतेका लागि तोकिएको राष्ट्रिय सभाको उपनिर्वाचनको मतदान केन्द्र हेटौंडा महानगरपालिकामा रहेको भुटनदेवी मावि तोकिएको छ। शुक्रबार आयोगले मतदान केन्द्र तोकेको हो।

'निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको छ', आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  'सो अनुसार मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा न ४ स्थित भुटनदेवी मा.वि.लाई मतदान स्थल तोकी उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकेको छ।'

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख मतदाता हुने संवैधानिक व्यवस्था छ।

यसैगरी आयोगले आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।



Share Your Thoughts