मैथिली कथा संग्रह ‘कर्फ्यु’ विमोचन


अगर बत्ती

Dharana    

access_time 13 Apr 2021

काठमाडाैं ।  मैथिली भाषाकी युवा साहित्यकार तथा पत्रकार विजेता चौधरीको कथा संग्रह विमोचित भएको छ । नवारम्भ प्रकाशनद्वारा प्रकाशित ‘कर्फ्यु’ मैथिली कथा संग्रह विमोचित भएको हो ।

नेपाल पत्रकार महासंघमा सोमबार आयोजित एक कार्यक्रममा मैथिली साहित्यकी वरिष्ठ साहित्यकार रूपा धीरू झाले उक्त संग्रह लोकार्पण गरेकी हुन् । 

साहित्यकार झाले ‘कर्फयु’ कथा संग्रह प्रत्येक मिथिला–मधेसीको साझा कथाव्यथा रहेको बताइन् । उनले कथाकारको कलम परिस्कृत रहेको र उक्त संग्रह सबै मैथिली भाषीले पढ्नु पर्ने जिकिर गरिन् ।  साे कार्यक्रममा संग्रहमाथी साहित्यकार विभा झा र कंचना झाले समीक्षा प्रस्तुत गरेका थिए । 



Share Your Thoughts