'सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन'- शशांक कोइराला



Dharana    

access_time 10 Apr 2021

चितवन/नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने जनाएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)सँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने जनाए। 

'शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ,' कोइरालाले भने, 'जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ। जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुन्छ।' 

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने जनाए। समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन उनले भने। - रासस




Share Your Thoughts