देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना


अगर बत्ती

Dharana    

access_time 10 Apr 2021

काठमाडौं – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भू–भागको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी प्राप्त भएकाे छ । 

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रको मौसम केही प्रभावित हुने देखिएको हो ।  अहिले प्रदेश१ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ ।  शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् । 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।  यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।



Share Your Thoughts