काठमाडौं । अनुसन्धानकर्ता एवम् मातृभाषासेवी एवम् नेपालभाषा शिक्षक मदनसेन बज्राचार्यको एघाराैं कृति सार्वजनिक भएकाे छ ।
लोकसाहित्य परिषद्को आयोजनामा लोकसाहित्य भवनबकुंबहाल, ललितपुरमा चैत्र २१ गते वाङ्मय शताब्दी पुरुष बरिष्ठ लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशी सभापतित्वमा अनुसन्धानात्मक ग्रन्थ ‘नेपाःगाःया नेवाः बौद्ध संस्कृतिइ लोक बाजा’ पुस्तक विमोचन गरिएकाे थियाे ।
कार्यव्रmमका सभापति जोशीले यस पुस्तक बाजागाजाको पुस्तक भएकाले अध्ययन अनुसन्धान गर्नेहरूका लागि महत्वपूर्ण भएकाे जनाउनु भयाे ।
सो कार्यक्रममा नेपाल भाषा आकेदमिका भाइस चान्सलर यज्ञराधाख्वाले पुस्तक प्रकाश लोकरत्न कोषका सुनिता तुलाधार, यल नेकूबाजा समितिका बाद्यगुरु मोलिलाल सिल्पकार प्रतिनिधि सभा सांसद श्री कृष्ण लाल महर्जन ज्यूकाे प्रमुख अातिथि तथा पुस्तकका लेखकका बारेमा आ—आफ्ना धारणा राखेको थिए । कार्यव्रmममा बाद्यसम्बन्धी पुस्तक, लेख तथा फोटोहरु प्रर्दशनी गर्ने कार्यसमेत भएको थियो ।
साथै सो कार्यव्रmममा मंगलस्तोत्रंबाट शुरु भएको नेकूबाजा खलको नेकू, खिँ, मृदंग, जः दबदब आदि बाजाहरु बजाएर प्रदर्शनी गरेको थिए । सो पुस्तक विमोचन कार्यक्रमा बासुदेव श्रेष्ठले कार्यक्रममा उपस्थित जनाएकाहरुलाई धन्यवाद दिएको थिए ।