धादिङ । धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएपछि बन्द भएको पृथ्वी राजमार्ग खुलेको छ ।
हिजो बेलुका आठ बजे गाडीको ठक्करबाट गल्छी गाउँपालिका ३ का ७० वर्षका बुदे मिजारको ज्यान गएको थियो । ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गर्न माग गर्दै स्थानीयबासिन्दाले सडक अवरुद्ध गराएकाे थियाे ।
ठक्कर दिएर भागेको गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि पाँच घण्टा बन्द भएको सडकमा गएराति १ बजेदेखि भने गाडी चल्न थालेका नागढुङ्गा प्रहरीले जनाएको छ ।