सामसुङ ग्यालेक्सी ए १२ स्मार्टफोन बजारमा


अगर बत्ती

Dharana    

access_time 09 Mar 2021

काठमाडौं–सामसुङले हालै ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेका छन्।

कम्पनीले ट्रु ४८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप सहितको यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो।

मोबाइलमा ६.५ इञ्चको एचडी इन्फिनिटी भी डिस्प्ले, ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ।         

फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ग्यालेक्सी ए १२मा ट्रु ४८ मेगापिक्सेलको मेन क्यामेरासहित पछाडि भागमा ४ वटा क्यामेरा उपलब्ध छन्।

साथै यस माेवाइल फाेनमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने बाँकी दुई वटा क्यामेरा समान २ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन्।



Share Your Thoughts