नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना



Dharana    

access_time 02 Mar 2021

काठमाडौं/ नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।

अक्सिजनको मात्रा कम देखिएपछि उहाँलाई आइतबार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको उहाँका सोकिय सचीव सुयोग चापागाईंले जानकारी दिनुभयो ।

शरीरमा केहि अप्ठ्यारो महसुस भएपछि अस्पताल गएर चेकजाँच गर्दा अक्सिजनको मात्रा कम देखिएको चापागाईंले जनाउनुभयो ।

चौबीस घण्टाको सिसियु उपचार पछि हाल उहाँलाई नर्मल वडमा सारिएको छ भने कोरोना रिपोर्ट समेत नेगेटिभ आएको चापागाईँले जानकारी दिनुभयो ।

हाल श्रेष्ठको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । उहाँको उपचारमा डाक्टर जेपि जैसवाल खटिनु भएको छ ।




Share Your Thoughts