अमेरिकामा कोरोना महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी



Dharana    

access_time 02 Mar 2021

काठमाडौं/ अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोना भाइरस महामारीको चौथो चरणमा थप जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसी की प्रमुख डा रशेल वालेन्स्कीले कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने देखिएको जनाएकी हुन्।

तीव्र गतिमा फैलिने नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा हामीले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा छ,’ उनले भनेकी छिन्,‘यी भेरियन्टहरु सर्वसाधारण र हाम्रा लागि वास्तविक चुनौति हुन्।’

गएको हप्ता दैनिक औषतमा ७० हाजर मानिसमा संक्रमण देखिएको र त्यो अति उच्च रहेको डा वालेन्स्कीको भनाई छ। गत हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो।

अहिले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढि संक्रामक र जोखिमपूर्ण देखिएका छन्।



Share Your Thoughts