काठमाडौं/ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको हो।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १३ सय २५ रुपैयाँ भएको चाँदी आज १३ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ।
Share Your Thoughts