विकासको नाममा उठिबास गराएकाे विरुद्वमा कामपा घेराउ



Dharana    

access_time 28 Feb 2021

काठमाडौं– विगत केही वर्षदेखि विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरुले आइतबार काठमाडौँ महानगरपालिका घेराउ गरेका छन्।

बृहत नागरिक आन्दोलनको अगुवाइमा महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएको हो । विकासको नाममा आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप उनीहरुले लगाएका छन्।

बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ। धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबुका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ ।



Share Your Thoughts